
समाचार सारांश सम्पादकीय समीक्षा पश्चात तयार गरिएको हो। नेकपा सांसद वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मालाई संसदीय सुनुवाइमा सम्वन्धित नेपोबेबी र पारिवारिक फेवरबारे प्रश्न बताएका छन्। पुनले न्यायपालिका भ्रष्टाचारमा हरिकृष्ण कार्कीको रिपोर्ट उद्धृत गर्दै सुधारका उपायहरूबारे प्रश्न उठाएका छन्। उनले संक्रमणकालीन न्याय र स्टे अर्डरले विकासमा पारिरहेको प्रभावबारे पनि प्रस्तावित प्रधानन्यायाधीशलाई सोधेका छन्। ५ जेठ, काठमाडौं। नेकपा सांसद वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मालाई विभिन्न प्रश्नहरू सोधेका छन्। डा. मनोज शर्मामाथि केही समयदेखि संसदीय सुनुवाइ जारी छ। सुनुवाइ दौरान सांसदहरूले उनलाई विविध विषयमा प्रश्नहरू राखेका छन्। पुनले उठाएका मुख्य प्रश्नहरू यसप्रकार रहेका छन्: – नेपोबेबीको आरोप आएको छ। पारिवारिक फेवरबारे पनि रिपोर्टहरू छन्। अदालतमा ग्रुपिजम र फेवरबारे चर्चा सुनिन्छ। यस सन्दर्भमा आगामी दिनमा तपाईं कसरी काम गर्नुहुनेछ? – कार्यसम्पादनमा धेरै प्रश्नहरू छन्। न्यायिक निरूपणमा न्यायिक मनको अभाव भएको भनी आलोचना छ। न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाप्रति जनतामा प्रश्न किन उठिरहेका छन्? – हरिकृष्ण कार्कीको प्रतिवेदनमा न्यायालयमा भ्रष्टाचार भएको उल्लेख छ। यस विषयमा सुधारका उपाय के हुनेछ? – संक्रमणकालीन न्यायप्रति तपाईंको धारणा के हो? – स्टे अर्डरले काम रोकिएको हुन्छ। यसबाट मुक्त भएर विकासमैत्री न्यायालय कसरी बनाउने?

