Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

रोसाटम प्रमुख एलेक्सी लिकाचेभ: इरानको संवर्धित युरेनियम व्यवस्थापनमा रूस तयार

Advertisement800×200-1

रूसी आणविक ऊर्जा निगम ‘रोसाटम’ का प्रमुख एलेक्सी लिकाचेभले इरानको संवर्धित युरेनियम व्यवस्थापन गर्न रुस तयार रहेको बताएका छन्। लिकाचेभले इरानसँग रहेको संवर्धित युरेनियमको परिमाण सानो भएकाले त्यसलाई सम्हाल्न रुसका लागि सहज हुने स्पष्ट पारे। इरान र अमेरिकाबीच जारी द्विपक्षीय वार्तामा आणविक कार्यक्रमलाई लिएर गतिरोध कायम रहँदा लिकाचेभले यस्तो टिप्पणी गरेका हुन्।

अमेरिकाले इरानको सम्पूर्ण आणविक पूर्वाधार भत्काउनुपर्ने र युरेनियम अमेरिका पठाउनुपर्ने अडान राख्दै आएको छ भने इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ। लिकाचेभका अनुसार इरान-अमेरिका वार्तामा देखिएको गतिरोध अन्त्य गर्न र विश्वासको वातावरण निर्माण गर्न रुस जस्तो तेस्रो पक्षको भूमिका आवश्यक छ। यसअघि पनि सन् २०१५ मा इरानको आग्रहमा रुसले संवर्धित युरेनियम ओसारपसारमा सहजीकरण गरेको थियो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर