Skip to main content

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण संस्था र गोरखापत्र संस्थानमा पदपूर्तिका लागि आवेदन खुल्यो

सूचना तथा सञ्चार मन्त्रालयले प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष र गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन आह्वान गरेको छ। आवेदन दिनुपर्ने अन्तिम म्याद १८ जेठसम्म तोकिएको छ र विस्तृत सूचना मन्त्रालयको वेबसाइटमा उपलब्ध छ।

बालेन नेतृत्वको सरकारले राजनीतिक नियुक्तिहरु रद्ध गरी नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन विज्ञापन खुलाएको हो। ७ जेठ, काठमाडौं। प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा आवेदन आह्वान गरिएको छ। आवेदन बुझाउने अन्तिम म्याद यही जेठ १८ गतेसम्म छ।

२१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचन पछि गठन भएको बालेन नेतृत्वको सरकारले अघिल्लो सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरु खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया सुरु गर्न विज्ञापन जारी गरिएको हो। आवेदन फारम, आवश्यक योग्यता, संलग्न गर्नुपर्ने कागजातहरु लगायत विस्तृत विवरण सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमा प्रकाशित सूचनामा समावेश गरिएको छ।