Skip to main content

कोशी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

७ जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । कोशीको बजेट अधिवेशन बुधबारदेखि सुरु भएको छ । आजको दोस्रो बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ । प्रदेश प्रमुख पर्शुराम खापुङले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूचीमा राखिएको छ । हिक्मतकुमार कार्कीको नेतृत्वको सरकारले कृषि, पर्यटन, पूर्वाधार र रोजगार सिर्जनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ । नीति तथा कार्यक्रमकै आधारमा सरकारले आगामी असार १ गते आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट ल्याउने योजना बनाएको छ ।