Skip to main content

बेलायती मन्त्री सीमा मल्होत्रा काठमाडौंमा तीन दिने भ्रमणमा

समानता र इन्डो-प्यासिफिक सम्बन्ध हेर्ने बेलायती मन्त्री सीमा मल्होत्रा ८ जेठमा तीन दिने भ्रमणका लागि नेपाल आइपुगिन्। नयाँ सरकारको गठनपछि बेलायतको यस प्रकारको पहिलो मन्त्रीस्तरीय भ्रमण हो। नेपालका लागि बेलायती राजदूत रब फेनले मल्होत्रालाई काठमाडौंमा स्वागत गर्दै भने, यो भ्रमणले दुई देशबीचको मित्रता र साझेदारीलाई अझ सुदृढ गर्ने अवसर दिनेछ। मन्त्री मल्होत्राले आफ्नो भ्रमणका क्रममा नेपाल सरकारका उच्च अधिकारीहरू र गोर्खा प्रतिनिधिसँग भेटघाट गर्ने बताएकी छन्।