Skip to main content

कैलालीको टीकापुरमा तालिमका क्रममा बेहोस भएका ६ जनालाई काठमाडौं ल्याउँदै

कैलालीको टीकापुरमा तालिमका क्रममा बेहोस भएका ८ मध्ये ६ जनालाई उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइँदैछ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले ६ जनालाई पौन २ बजे काठमाडौं ल्याउने तयारी भइरहेको जानकारी दिए। बेहोस भएका व्यक्तिहरूमा जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्। मिति ८ जेठ, काठमाडौं।

कैलालीको टीकापुरमा तालिमका क्रममा बेहोस भएकामध्ये ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइँदैछ। सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले नेपाली सेनाको स्काई ट्रकमार्फत ती ६ जनालाई पौन २ बजे काठमाडौं ल्याउन लागिएको बताए। पहिले उनीहरूलाई कैलालीबाट सुर्खेत लगिएको थियो। टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमका क्रममा उनीहरू बेहोस भएका थिए। तालिमका क्रममा ८ जना बेहोस भएका थिए। बेहोस भएका व्यक्तिहरूमा जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्। उनीहरूमध्ये ६ जनालाई काठमाडौं ल्याइँदैछ।