Skip to main content

सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ७२ हजार रुपैयाँ घुससहित पक्राउ

८ जेठ, जनकपुरधाम। महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई ७२ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेका अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले यादवलाई नियन्त्रणमा लिएको हो। अख्तियारले उल्लेख गरेको छ कि उनलाई औरही सडकबाट पक्राउ गरेको हो र उनीसँग थप रकम रहेको आशंका गरिएको छ।