Skip to main content

रास्वपाका निष्कासित सभापतिका समर्थकद्वारा सांसदमाथि हातपात गर्न खोजिएको घटना

राष्ट्रिय स्वतन्त्र पार्टीको बारा जिल्ला स्तरीय बैठक विघटन गर्ने प्रयास भएको छ। पार्टीले जिल्ला सभापति चन्दन स्वर्णकारलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ। स्वर्णकारका समर्थकहरूले सांसदहरू विरुद्ध नाराबाजी र हातपातको प्रयास गरेका थिए। ९ जेठ, बारा।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला स्तरीय विस्तारित बैठक विघटन गर्ने प्रयास भएको छ। जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि उनका समर्थकहरूले कलैयास्थित कार्यक्रम स्थलमा नाराबाजि गरेका छन्। बारा १ का सांसद गणेश धिमालले स्वर्णकारका समर्थकहरूले कार्यक्रम विघटन गर्न खोजे पनि पार्टीको निर्धारित कार्यक्रम भने सुरु भएको बताएका छन्।

स्वर्णकारलाई पार्टीले निष्कासन गर्न नहुने माग राख्दै उनका समर्थकहरूले बाराका सांसदहरू विरुद्ध नाराबाजी गरेका छन्। कार्यक्रम स्थलमा सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साह र चन्दन सिंहमाथि समेत हातपात गर्ने प्रयास भएपछि प्रहरीले सांसदहरूलाई कार्यक्रम स्थलबाट बाहिर निकालेको थियो। कलैयाको करणराज होटलमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरेर कार्यक्रम भइरहेको छ।

पार्टीबाट निष्कासनमा परेका स्वर्णकारले बारा जिल्लाका सांसदहरूले आफू निकट व्यक्तिहरूलाई मात्र समेटेर जिल्ला समिति गठन गर्ने प्रयास गरेपछि पार्टीका पुराना कार्यकर्ताहरूले विरोध जनाएका छन्।