इतर पक्षको गण्डकी भेलाले भन्यो- जेठ १५ भित्र समस्या समाधान नभए महासमिति बैठक बस्ने

९ जेठ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले गण्डकी प्रदेशस्तरीय भेलामा जेठ १५ भित्र पार्टीभित्रका समस्या समाधान गर्न आग्रह गरेको छ। शनिबार सम्पन्न भेलाले जेठ १५ भित्र पनि पार्टीभित्रका समस्या समाधान नभए महासमिति बैठक आह्वान गर्ने निर्णय गरेको छ। भेलाले गरेको ९ बुँदे निर्णयमा मुलुकको समसामयिक परिस्थिति उल्लेख गर्दै कांग्रेसभित्र निरन्तर द्वन्द्व हुँदा पाका र युवा नेताहरूको क्षमतामा प्रश्न उठेको बताइएको छ। ‘आफ्ना भित्रका सामान्य समस्या समाधान गर्न नसक्नेहरूले कसरी देशका समस्याहरू समाधान गर्ने भन्ने धारणा बनेको छ,’ निर्णयमा भनिएको छ।
नेताहरूबीच संवाद सञ्चालित गरी एकताको सन्देश दिन विलम्ब नगर्न सभापति गगन थापा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालालाई आग्रह गर्ने निर्णयमा लेखिएको छ। ‘२०८३ साल जेठ १५ गतेसम्म नेताहरूले निकास ननिकाले महासमितिको बैठक आह्वान गर्ने निर्णय गरिनेछ,’ भेलाको निर्णयमा उल्लेख छ। यस्ता छन् भेलाका ९ निर्णय:

