Skip to main content

संखुवासभामा पहिरोले २१८ भेडा पुरिँदा एक गोठाला घाइते

९ जेठ, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ फोक्टेमा पहिरोले भेडीगोठ पुरिँदा २१८ भेडा पुरिएका छन् । शनिबार बिहान आएको पहिरोले स्थानीय दलबहादुर गुरुङको भेडीगोठ पुरिँदा २१८ भेडा पुरिएर बेपत्ता भएका छन् भनी जिल्ला प्रहरी कार्यालयका डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिएका छन् । दलबहादुरका २५० भेडामध्ये ३२ वटा मात्र जीवित अवस्थामा फेला परेको छ ।
यस्तै, भेडागोठालाको रूपमा काम गरिरहेका २० वर्षीय झलक गुरुङ घाइते भएका छन् । प्रहरीका अनुसार उनको हात र खुट्टामा चोट लागेको छ । घटनास्थल एक दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । स्थल नुम प्रहरी चौकीबाट करिब ४० किलोमिटर टाढा छ र त्यहाँ पुग्न करिब १० घण्टा पैदल यात्रा गर्नुपर्ने बताइएको छ । उद्धार टोली घटनास्थलतर्फ लागिएको छ ।