Skip to main content

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, सम्भावित कार्यसूची यसरी तय

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन अन्तर्गत पाँचौँ बैठक १० जेठ दिउँसो १ बजे बस्ने भएको छ। प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा धारणा राख्ने कार्यसूची तय गरिएको छ। आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। १० जेठ, लुम्बिनी। लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन अन्तर्गत पाँचौँ बैठक आज दिउँसो १:०० बजे बस्ने भएको छ। प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ। त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथि प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। -राससबाट