
हुम्लाको चंखेली गाउँपालिका-५ स्थित डाँफे आधारभूत विद्यालयको दुई भवन गत ५ जेठ राति आएको हावाहुरी र बाढीले भत्किएका छन्। भत्किएको विद्यालय भवनका कारण ८० जना बालबालिका सामुदायिक भवनमा पढ्न बाध्य भएका छन्। विद्यालयका प्रधानाध्यापक बली तामाङले बाढीले विद्यालयका सातवटा कम्प्युटर, दुईवटा ल्यापटप र फर्निचरमा क्षति पुगेको जानकारी दिएका छन्।
१० जेठ, हुम्ला। हुम्लाको चंखेली गाउँपालिका-५ मा रहेको डाँफे आधारभूत विद्यालयका बालबालिका भत्किएका भवनका कारण गाउँकै सामुदायिक भवनमा पढ्न बाध्य भएका छन्। गत ५ जेठ राति आएको हावाहुरीसँगै परेको बाढीले विद्यालयका दुई भवन भत्काएका थिए। भवनको क्षतिको कारण विद्यालयका ८० भन्दा बढी बालबालिकालाई सामुदायिक भवनमा पढाइको व्यवस्थापन गरिएको विद्यालयका प्रधानाध्यापक बली तामाङले जानकारी दिएका छन्। बाढीले विद्यालयमा रहेका सातवटा कम्प्युटर, दुईवटा ल्यापटप र फर्निचरमा समेत क्षति पुगेको छ।

