Skip to main content

नेपाल राष्ट्र बैंकले अपाङ्गमैत्री सेवा प्रवर्द्धन गर्न बैंकहरुलाई निर्देशन, अतिरिक्त समयमा कर्मचारी खटाउन नपाइने

समाचार संक्षेप– नेपाल राष्ट्र बैंकले अपाङ्गमैत्री बैंकिङ सेवा प्रवर्द्धनका लागि ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर व्यक्तिलाई विशेष प्राथमिकता दिने निर्देशन दिएको छ। बैंक तथा वित्तीय संस्थाहरूले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा अपाङ्गमैत्री शाखा स्थापना गरी त्यसको विवरण आफ्नो वेबसाइटमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, एटीएममा ब्रेल साइ कन्ट्रोल बटन र अडियो सपोर्टसहितको अपाङ्गमैत्री सुविधा राख्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ।

१० जेठ, काठमाडौं – नेपाल राष्ट्र बैंकले अपाङ्गमैत्री बैंकिङ सेवा प्राथमिकतामा राखेको छ। केन्द्रीय बैंकले ज्येष्ठ नागरिक, अपाङ्ग र असाक्षर व्यक्तिलाई बैंकिङ सेवामा विशेष प्राथमिकता प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। ती संस्थाले सहज रूपमा सेवाहरू उपलब्ध गराउन विशेष काउन्टर छुट्याउनुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाले सहकार्य गर्दै प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्गमैत्री बनाउने निर्देशन राष्ट्र बैंकले दिएको छ। ती शाखाको विवरण बैंकहरूले आफ्नो वेबसाइटमा राख्नुपर्नेछ।

कहिल्यै बैंकहरूले सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइ कन्ट्रोल बटनहरू र अडियो सपोर्टसहित कम्तीमा एक अपाङ्गमैत्री एटीएम स्थापना गर्नुपर्नेछ। यस्ता एटीएमहरूको विवरण पनि वेबसाइटमा राख्नुपर्ने व्यवस्था गरिएको छ।

एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका वित्तीय सेवा अपाङ्गता भएका व्यक्तिले आफैं प्रयोग गर्न नसक्ने अवस्था भएमा इजाजतपत्रप्राप्त संस्थाले ती सेवा ती व्यक्तिलाई उपलब्ध गराउनुपर्नेछ। बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइट र मोबाइल बैंकिङ एपलाई दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले पनि सहजै प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने निर्देशन दिइएको छ।

बैंकहरूले जारी गर्ने डेबिट/क्रेडिट कार्डमा दृष्टिविहीनमैत्री ट्याक्टाइल सुविधाजनक फिचर राख्नुपर्ने व्यवस्था छन्।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाले कर्मचारीहरूलाई अतिरिक्त काममा खटाउन नपाइने व्यवस्था लागू गरिएको छ। कर्मचारीहरूलाई प्रचलित कानुन र राष्ट्र बैंकको निर्देशनअनुसार मात्र काममा लगाउन सकिनेछ। कार्यालय समय बाहिर काम गर्दा अतिरिक्त परिश्रमिक दिनुपर्ने व्यवस्था गरिएको छ र कर्मचारीलाई कार्यालय समय बाहिर काम गर्न बाध्य पार्न नपाइने व्यवस्था समेत गरिएको छ।