Skip to main content

मधेशमा सरकार विस्तारको तयारी, नेकपाको असन्तुष्टि जारी

मुख्यमन्त्री कृष्णप्रसाद यादवले एमालेका तीन सांसदलाई मन्त्री नियुक्त गरी मधेस प्रदेश सरकार विस्तार गर्ने तयारी गरिरहेका छन्। नयाँ मन्त्रीहरूमा शरदादेवी थापा, मनोजकुमार सिंह र लखन दास रहनेछन् भने विना विभागीय मन्त्री मोहम्मद समिरलाई पनि जिम्मेवारी दिइनेछ। ९ बुँदे सहमतिमा हस्ताक्षर नभएपछि असन्तुष्ट नेकपाको कारण आइतबार रोकिएको मन्त्रीहरूको शपथ आज गराउने तयारी छ। ११ जेठ, जनकपुरधाम। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को असन्तुष्टिका बीच मधेश प्रदेशमा सरकार विस्तारको तयारी सुरु भएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेकपा एमालेबाट प्रदेश सांसद शरदादेवी थापा, मनोजकुमार सिंह र लखन दासलाई आजै मन्त्री नियुक्त गरी प्रदेश प्रमुखबाट शपथ ग्रहण गराउने तयारीमा छन्। उनीहरूसँगै गत बिहीबार विना विभागीय मन्त्रीको शपथ लिएका मोहम्मद समिरलाई पनि जिम्मेवारी दिने तयारी छ। नौं बुँदे सहमतिमा हस्ताक्षर नभएपछि नेकपामा असन्तुष्टिको अवस्था छ। गत बिहीबार मधेशमा एमाले, कांग्रेस र नेकपाबीच नयाँ सत्ता गठबन्धन बनेको थियो। आइतबार नै सरकार विस्तारको तयारी भए पनि नेकपाको असन्तुष्टिका कारण शपथ लिन आएका एमालेका प्रदेश सांसदहरू निराश भएर फर्किएका थिए।