
१२ जेठ, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको समयमा रास्वपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेकी ममता शर्मालाई सभापति गगन थापाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । मंगलबार सभापति थापाले शर्मालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शर्मालाई केन्द्रीय समिति सदस्य मनोनीत गरिएको जानकारी दिएका छन् । शर्मा रास्वपाको मधेश प्रदेशको संस्थापक सभापति थिइन् । निर्वाचनको समयमा उनी रास्वपाले विधि र विधान विपरीत काम गरेको भन्दै पार्टी छोडेर कांग्रेसमा प्रवेश गरेकी थिइन् ।

