Skip to main content

फिफा विश्वकपका लागि अमेरिकी फुटबल टोलीको घोषणा, एडम्स र रोबिन्सन समावेश

अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको छ। घोषित टोलीमा क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, टायलर एडम्स र एनटनी रोबिन्सन लगायतका प्रमुख खेलाडीहरू समावेश छन्। आयोजक अमेरिकाले समूह ‘डी’ अन्तर्गत जुन १३ मा पाराग्वेविरुद्ध पहिलो खेल खेल्नेछ। १३ जेठ, काठमाडौं।

ट्रेनर माउरिसियो पोचेटिनोले टायलर एडम्स र एनटनी रोबिन्सनलाई टोलीमा समावेश गरेका छन्। साथै, क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीका सदस्य छन्। अमेरिकाले समूह ‘डी’ अन्तर्गत जुन १३ मा पाराग्वेपनि विरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ। पछि उनीहरूले अष्ट्रेलिया र टर्कीसँग प्रतिस्पर्धा गर्नेछन्।

अमेरिकाको विश्वकप टोली यसप्रकार छ:
गोलकिपर: क्रिस ब्राडी, म्याट फ्रिज, म्याट टर्नर
डिफेन्डर: म्याक्स आर्फ्स्टेन, सर्जिनो डेस्ट, एलेक्स फ्रिम्यान, मार्क म्याकेन्जी, टिम रिम, क्रिस रिचर्ड्स, एनटनी रोबिन्सन, माइल्स रोबिन्सन, जो स्काली, अस्टन ट्रस्टी
मिडफिल्डर: टायलर एडम्स, सेबास्टियन बेरहाल्टर, वेस्टन म्याककेनी, क्रिस्टियन रोल्डान, ब्रेन्डन आरोनसन, क्रिस्टियन पुलिसिक, जियो रेना, मालिक टिलम्यान, टिम वेआ, अलेजान्द्रो जेन्डेजास
फरवार्ड: फोलारिन बालोगुन, रिकार्डो पेपी, हाजी राइट