Skip to main content

सगरमाथा चुचुरोमा पोखरा एभेन्जर्सको झण्डा फहरियो

१३ जेठ, काठमाडौं । नेपाली पर्वतारोहण गाइड तथा उच्च हिमाली क्षेत्रका चलचित्र निर्माता र प्रवर्द्धक पासाङ काजी शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी पोखरा एभेन्जर्सको झण्डा फहराएकी छन्। उनले आठौं पटक सगरमाथा आरोहण गर्दै मे २३, २०२६ बिहान ३:५० बजे नेपाल प्रिमियर लिग (एनपीएल) टोली पोखरा एभेन्जर्सको झण्डा फहराएकी हुन्।

पोखरा एभेन्जर्सले जारी गरेको प्रेस विज्ञप्तिमा खेलकुदमार्फत जलवायु परिवर्तन र हिमाली हिमनदीहरूको संरक्षणबारे चेतना जगाउने साझा प्रतिबद्धताको प्रतीकस्वरूप सगरमाथाको शिखरमा आफ्नो झण्डा फहराइएको जनाएको छ। अध्यक्ष त्रिपाठीले भने, “एभेन्जर्सले नेपाली खेलकुदको भावना र ग्रासरुट क्रिकेटको विकास प्रवर्द्धन गर्दै जलवायु परिवर्तन र हिमनदी संरक्षणका मुद्दाहरूमा निरन्तर सहयोग गरिरहेको छ। हामी यो अभियानलाई केवल शिखरमा पुग्न मात्र सीमित राख्न चाहँदैनथ्यौं, यसलाई ठूलो उद्देश्यका लागि समर्पित गर्न चाहन्थ्यौं। यो हाम्रो हिमनदी संरक्षणको महत्व बुझाउने र जलवायु परिवर्तनबारे चेतना जगाउने साथै क्रिकेटको विकासलाई प्रोत्साहित गर्ने एउटा आह्वान हो।”