बाँदरबाट अन्नबाली जोगाउने उपाय अपनाउनुपर्छ, विकास ढिलो भए पनि समस्या समाधान आवश्यक: श्रीराम न्यौपाने

१३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले बाँदर नियन्त्रणका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएका छन्। उनले बताए कि नागरिकहरूले यस विषयमा बारम्बार ध्यानाकर्षण गराइरहेको बताएका छन्। संसदमा जानकारी गराउँदै उनले भने, “आज बिहानै आफ्नो निर्वाचन क्षेत्रका एकजना किसानले फोन गरेर भनेका थिए, ‘माननीय ज्यू, सडक र विकास ढिला भए पनि सही छ, तर तत्काल बाँदरबाट अन्नबाली जोगाइदिनुपर्छ।’”
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले यो समस्या केवल किसानको गुनासो मात्र नभई नेपालको कृषि, किसान र खाद्य सुरक्षासँग सम्बन्धित गम्भीर संकट भएको बताए। उनले थपे, “बाँदरका कारण कतिपय किसानहरूले आफ्नो बसोबास सर्न बाध्य भएका छन्।” उनले डमी बाँदर जस्ता नियन्त्रणका उपायहरू अपनाउन सकिने र यस विषयमा जनतामा सचेतना फैलाउन सरकारलाई आग्रह गरेका छन्।

