Skip to main content

संखुवासभामा पहिरोको जोखिमका कारण दुई परिवारलाई सुरक्षित स्थानमा सारियो

१४ जेठ, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ सेदुवामा पहिरोको जोखिम बढेसँगै दुई घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोको जोखिमलाई मध्यनजर गर्दै नरबहादुर चुवान र मिठी घिमिरेका परिवारहरूलाई सुरक्षित स्थलमा सारियो। १२ जेठ राति परेको अविरल वर्षाका कारण चुवान र घिमिरेको घर उच्च जोखिममा आएको संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए।
फेरि पहिरो जान सक्ने सम्भावना र दुवै घरमा क्षति पुग्ने डरका कारण स्थानीय निकायसँग समन्वय गरी ती परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले जनाए। नरबहादुर र मिठीको परिवारलाई हिमान्द्री माध्यमिक विद्यालयको भवनमा सारिएको मैनालीले बताए। दुई परिवारलाई नेपाली सेना, नेपाल प्रहरी र जनप्रतिनिधिको सहयोगमा बिहीबार सुरक्षित स्थानमा सारिएको हो।