Skip to main content

४० किलोसम्मको लगेजमा ट्याग अनिवार्य गरिने निर्णय

१४ जेठ, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सबै सदस्यहरूलाई यात्रुको ४० किलोसम्मको लगेजमा ट्याग अनिवार्य गर्ने सम्बन्धी परिपत्र जारी गरेको छ। काठमाडौंमा महाराजधनी कम्पनीसँग भएको सम्झौता कार्यान्वयनका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र महासंघबीच सहमति भएपछि यस्तो निर्णय गरिएको महासंघका महासचिव डेकनाथ गौतमले जानकारी गराए।
उनका अनुसार, अब ४० किलोसम्मको सामान, सुटकेस, ब्याग, तथा झिटीगुम्टामा लगेज टोकन अनिवार्य हुनेछ। महासंघले छोटो तथा लामो दुरीका सवारीसाधनहरूमा यो नियम लागू गर्ने जनाएको छ। परिपत्रमा टोकनमा बुकिङ गर्ने कर्मचारी, चालक र कम्पनीको नाम उल्लेख गर्नु पर्ने पनि उल्लेख गरिएको छ।