Skip to main content

कुवेतमा ड्रोन र मिसाइल आक्रमण, सरकारले इरानलाई जिम्मेवार बनाए

१४ जेठ, काठमाडौं । कुवेतमा बिहीवार बिहान ड्रोन र मिसाइल मार्फत आक्रमण भएको छ। कुवेत सरकारले उक्त आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराएको छ। कुवेतको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै इरानी आक्रमणको कडा निन्दा गर्दै यसलाई गम्भीर तनाव बढाउने घटना भएको टिप्पणी गरेको छ। उक्त आक्रमणले कुवेतको सम्प्रभुता र राष्ट्रिय सुरक्षाको उल्लंघन गरेको कुवेतको भनाइ छ। वक्तव्यमा ती आक्रमण तत्काल रोक्न पनि अपील गरिएको छ।
‘यी आक्रमणका लागि पूर्ण रूपमा तेहरान जिम्मेवार छ। यस्ता आक्रमण तुरुन्त बिनासर्त रोक्न आग्रह छ,’ वक्तव्यमा उल्लेख गरिएको छ। यसअघि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर (आईआरजीसी) ले जहाँबाट इरानमाथि आक्रमण भएको थियो, सोही ठाँउमा अमेरिकी सैन्य अड्डा निशाना बनाएको दाबी गरेको थियो। यद्यपि, उसले कुन देशमा रहेका अमेरिकी अड्डामा आक्रमण भएको हो भनेर खुलाएको छैन।