
फाइल तस्वीर समाचार सारांश रूपमा समीक्षा गरिएको। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपालमा अझै पनि लोकतान्त्रिक मूल्य, संस्कृति र व्यवहारको खडेरी छ भनी बताएका छन्। गणतन्त्र दिवसको शुभकामना दिँदै उनले भने, “आज पनि नेपालमा लोकतान्त्रिक मूल्य, संस्कृति र व्यवहारको खडेरी छ।” गणतन्त्र घोषणा हुँदा तत्कालीन राजाको समेत सहमति रहेको सम्झँदै उनले सरकार र जनप्रतिनिधिहरू जनताप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्। १५ जेठ, काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले आज पनि नेपालमा लोकतान्त्रिक मूल्य, संस्कृति र व्यवहारको खडेरीको अवस्था रहिरहेको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै उनले यसो भनेका हुन्।
‘आज पनि नेपालमा लोकतान्त्रिक मूल्य, संस्कृति र व्यवहारको खडेरी छ। यसको पुनर्स्थापना नगरी साँचो लोकतन्त्रको अभ्यास सम्भव छैन। गणतन्त्र घोषणा हुने बेला मात्र हैन, तत्कालीन राजासमेतको सहमति रहेको कुरा पनि हामीले भुल्नुहुँदैन,’ उनले भने। नेता शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सुशासन र समृद्धिका लागि योगदान पुर्याउन सबैसँग गणतन्त्र दिवसको अवसरमा लोकतन्त्र आत्मसात गर्ने प्रतिबद्धता गर्न आग्रह गरेका छन्। ‘लोकतन्त्र केवल शब्द मात्र होइन; यो विचार, संस्कृति, स्वतन्त्रता र अधिकारहरूको समायोजन पनि हो। उत्पीडित निमुखा जनता, गरिब किसान, सुकुम्वासी, दलित र महिलालाई दुत्कार्ने व्यवस्थालाई लोकतन्त्र भन्न सकिँदैन। आवधिक निर्वाचन र त्यसबाट प्राप्त नतिजाले मात्र लोकतन्त्र पूरै हुँदैन; महत्वपूर्ण कुरा सरकार, संसद् र जनप्रतिनिधिहरूले जनताको प्रति जिम्मेवार हुनु हो,’ उनले उल्लेख गरेका छन्।

