Skip to main content

सप्तरीमा विद्युत् करेन्ट लागेर एक किसानको मृत्यु

सप्तरी, १६ जेठ । सप्तरीको हनुमाननगर कंकलिनी नगरपालिका-१ मा कोशी बाँध नजिकै, शनिबार एक किसान विद्युत् करेन्ट लागेर मृत्यु भएको छ। ५५ वर्षीय सहदेव लौगीलाई करेन्ट लागेर मृत्यु भएको हो, प्रहरीले जनाएको छ। कोशी बाँधबाट डेढ किलोमिटर पूर्वमा रहेको स्थानीय तिरपित नारायण झाको खेतमा बिहान साढे ६ बजे पानी तान्न प्रयोग हुने मोटर जडान गर्ने क्रममा करेन्ट लागेर लौगीको घटनास्थलमै मृत्यु भएको छ। मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।