अर्थमन्त्रीको भ्रमपूर्ण घोषणा: सेयर कारोबारमा पुँजीगत लाभकर अन्तिम भएको दाबी गलत

१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट र आर्थिक विधेयक २०८३ मा भिन्न व्यवस्था राखेर सेयर लगानीकर्तालाई भ्रममा पारेका छन् । उनले बजेट भाषणमा सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर अन्तिम भएको घोषणा गरे पनि आर्थिक विधेयकमा भने फरक व्यवस्था गरिएको छ । मन्त्री वाग्लेले पुँजीगत लाभकर अन्तिम भएको बताउँदा पनि आयकर ऐनमा ४० लाख रुपैयाँको सीमा कायम छ ।
विधेयक अनुसार कुल ४० लाख रुपैयाँभन्दा कम आम्दानी हुनेमा पुँजीगत लाभकर अन्तिम भएको भए पनि, सो भन्दा बढी आम्दानी भएका र आय विवरण पेश गर्नुपर्ने व्यक्तिहरूका लागि अन्तिम नहुने व्यवस्था छ । ‘बहुपेशा गर्ने र वार्षिक ४० लाखभन्दा बढी आम्दानी गर्नेहरूका लागि यो व्यवस्था फाइदाजनक छैन,’ एक लगानीकर्ताले भने, ‘अन्तिम कर बन्ने आश्वासनका बाबजुद करदर २.५ प्रतिशतले बढेको छ, अल्पकालीनमा १० प्रतिशत र दीर्घकालीनमा ७.५ प्रतिशत तोकिएको छ, अन्तिम कर सम्बन्धी कानूनी व्यवस्था लगानीकर्तालाई भ्रममा पार्ने खालको रहेको छ ।’
सेयर बजारमा मात्र काम गर्ने र वार्षिक ४० लाखभन्दा कम आम्दानी हुने लगानीकर्ताका लागि मात्र यो व्यवस्था लाभदायक रहेको उनीहरूले बताएका छन् । ‘नेपाली सेयर बजारमा अधिकांश लगानीकर्ता पार्ट टाईमर हुन्,’ ती लगानीकर्ताले भने, ‘र सरकारले ६० लाखभन्दा माथिका फुल टाईमर लगानीकर्तालाई आधार मानेर यस्तो व्यवस्था गरेको होला, जुन सत्य होइन ।’ आर्थिक ऐन, २०८३ ले सूचीकृत धितोपत्र कारोबारमा लाग्ने पुँजीगत लाभकर रु। ७.५ प्रतिशतबाट वृद्धि गरी अल्पकालीनमा १० प्रतिशत र दीर्घकालीनमा ७.५ प्रतिशत तोकेको छ ।
यो कर नेपाल स्टक एक्सचेन्जले अग्रिम कर कट्टी विधिबाट संकलन गर्नेछ । हाल कारोबार गर्ने व्यक्तिले आय विवरण पेश नगरेमा अन्तिम रूपमा कर कट्टी हुनुपर्ने व्यवस्था छ । तर, आयकर ऐन, २०५८ को दफा ९७(१) मा रहेको ‘पेश नगर्ने’ प्रावधान रद्द गरिएको छ । यसले गर्दा धितोपत्र कारोबार मात्र गर्नेले विवरण पेश नगर्दा कानूनी आधार नरहेको देखिन्छ, जसले अन्तिम कर कट्टी हुने अवधारणा प्रभावहीन बनेको छ ।
संशोधन लागू नभए पनि, धितोपत्र कारोबारबाट हुने आय अर्थात् गैरव्यावसायिक करयोग्य सम्पत्तिबाट हुने आयमाथि करदर ७.५ वा १० प्रतिशतभन्दा बढी नहुनुपर्ने नियम छ। साथै पुँजीगत लाभकर अन्तिम हुने वा नहुने बहसमा, धितोपत्रबाट प्राप्त लाभ गैरव्यावसायिक सम्पत्ति हो कि व्यावसायिक सम्पत्ति भन्ने विवाद अझै कायम छ, चार्टर्ड एकाउन्टेन्ट उमेश पाण्डेले बताए । उनका अनुसार, अन्तिम भए पनि सेयर कारोबारबाट हुने आवृत्तिभन्दा आधारित आय व्यावसायिक सम्पत्ति वा व्यापारिक मौज्दातबाट प्राप्त भएको बुझिने जोखिम कायमै छ ।






