Skip to main content

प्रधानमन्त्रीलाई बाबुरामको सुझाव: अप्रिय सत्य नबोल्नुस्

समाचार सारांश पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन शाहलाई पदमा रहँदा अप्रिय सत्य नबोल्न सुझाव दिएका छन्। भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा नीतिशास्त्रमाथि आधारित ‘सत्य बोल प्रिय बोल, अप्रिय सत्य नबोल’ भन्ने श्लोक स्मरण गराएका छन्। १७ जेठ, काठमाडौं।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन शाहलाई पदमा रहँदा अप्रिय सत्य नबोल्न सुझाव दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पदमा रहँदा ध्यान दिनुपर्ने कुरा भन्दै यस्तो सुझाव दिएका हुन्। उनले लेखेका छन्, ‘पदमा रहँदा हाम्रो नीतिशास्त्रको यो पद्यांश निरन्तर स्मरण गर्नु राम्रो हुन्छ, सत्य बोल प्रिय बोल, अप्रिय सत्य नबोल।’

प्रधानमन्त्री बालेनले प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुलाई राम्रो कदम मानेका छन्।