
फ्रान्सेली फर्वार्ड ओस्मान डेम्बेलेले २०२४-२५ सिजनमा पीएसजीका लागि ५३ खेलमा ३५ गोल र १६ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरे। डेम्बेलेले पीएसजीबाट खेल्दै सन् २०२५ मा लिग वन साथै क्लब इतिहासकै पहिलो युइएफए च्याम्पियन्स लिगसहित विभिन्न उपाधि जिते। सन् २०१८ को विश्वविजेता फ्रान्स टोलीका सदस्य डेम्बेले आगामी सन् २०२६ को फिफा विश्वकपमा गोल गर्ने लक्ष्य राखेका छन्। १७ जेठ, काठमाडौं।
डेम्बेलेको फुटबल यात्रा संघर्षपूर्ण र प्रेरणादायी छ। युवा उमेरमै तीव्र गति, ड्रिब्लिङ र सिर्जनात्मक खेलशैलीले उनलाई फ्रान्सको एभ्रु क्लबले चिन्न सफल भयो। केवल एक सिजन लिग वनमा खेलेपछि जर्मन क्लब बोरुसिया डर्टमन्डले उनलाई अनुबन्ध गर्यो। बुन्डेसलिगामा उत्कृष्ट प्रदर्शन गरेपछि डेम्बेले विश्वव्यापी रूपमा चर्चित क्लब एफसी बार्सिलोनामा पुगे। बार्सिलोनामा रहँदा उनले तीन पटक ला लिगा, दुई पटक कोपा डेल रे र दुई पटक सुपरकोपा जिते।
तर चोटपटकले उनको करियरमा केही अवरोध ल्यायो। लगातार चोटको कारण उनले अपेक्षाअनुसार निरन्तर प्रदर्शन गर्न सकेनन्। त्यसपछि सन् २०२३ मा फ्रान्स फर्केर उनले पेरिस सेन्टर्जीमा आबद्ध भए र पुन: आफ्नो उत्कृष्ट लय समाते। २०२४-२५ सिजन उनका लागि करियरकै उत्कृष्ट मध्ये एक साबित भयो। उनले ५३ खेलमा ३५ गोल गर्यो र १६ असिस्ट प्रदान गर्यो। डेम्बेलेको यो पुनरागमनले प्रस्ट पार्यो कि उनी केवल प्रतिभाशाली मात्र होइन, कठिन परिस्थितिबाट उठ्न सक्ने मानसिक बलसमेत राख्छन्।






