
प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति सांसदहरूले विरोध जनाएपछि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ। अवरोधका कारण स्थगित भएको राष्ट्रिय सभाको अर्को बैठक आगामी मङ्गलबार बिहान ११ बजे बस्ने गरी तय भएको छ। १८ जेठ, काठमाडौं। सांसदहरूको अवरोधका कारण राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसदहरूले नाराबाजी र विरोध प्रकट गरेपछि बैठक भोलि मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो।






