
१८ जेठ, काठमाडौं । अनलाइनखबरका पत्रकार कपिल कोइरालालाई दुग्ध विकास बोर्डले किसानसँग सम्बन्धित मुद्दा उठाएर र दुग्ध पदार्थसम्बन्धी समाचारहरू सम्प्रेषणमा गरेका योगदानका लागि सम्मान गरेको छ । विश्व दूध दिवसको अवसर पारेर आयोजित कार्यक्रममा कृषिमन्त्री गीता चौधरी तथा सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कोइरालालाई सम्मानपत्र प्रदान गरे।
कोइराला काभ्रे जिल्लाबाट हिमालय टेलिभिजन र अनलाइनखबरका लागि रिपोर्टिङ गर्दै आएका छन् । सोही कार्यक्रममा उत्कृष्ट किसान नमूना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल, उत्कृष्ट सहकारी संस्था विजय दुग्ध उत्पादक सहकारी संस्था चितवन, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, बृहत्तर पशुपालन तथा कृषि सहकारी संस्था इलाम, दुग्ध उद्योगी सूर्योदय मिल्क एण्ड इण्डस्ट्रीज प्रालिका सञ्चालक मनोजकुमार यादव, डेरी फुड एण्ड बेभरेज प्रालीका सञ्चालक शिव चरण त्यात, साथै डेरी विज्ञ बाबूकाजी पन्तलाई पनि सम्मान गरियो।






