Skip to main content

नयाँ फुटबल शक्तिको उदय: २०२६ विश्वकपमा ४८ देशको सहभागिता

यसपटकको विश्वकप फुटबलमा ४८ देश सहभागी हुँदैछन्, जसले नयाँ देशहरूलाई विश्व फुटबल जगत्मा स्थापित हुने मौका दिएको छ। सन् २०२६ को फिफा विश्वकपमा सहभागी टोलीको संख्या ४८ पुर्‍याउँदा यसले नयाँ देशहरूलाई स्थापित हुने अवसर प्रदान गरेको छ। एसियाली कोटा वृद्धिको फाइदा उठाउँदै जोर्डन र उज्बेकिस्तान तथा साना देशहरू कुराकाओ र केप भर्डे पहिलोपटक विश्वकपमा छनोट भएका छन्। अफ्रिकी मुलुक डीआर कंगो, हाइटी र इराकले करिब ४० देखि ५२ वर्षपछि विश्वकप फुटबलमा पुनरागमन गर्ने अवसर पाएका छन्। १८ जेठ, काठमाडौं।

सन् १९३० बाट सुरु भएको फिफा विश्वकप फुटबलमा एसियाली देश जापान ६८ वर्षपछि पहिलोपटक छनोट भयो। सन् १९९८ को संस्करणदेखि विश्वकपमा सहभागी हुने टोलीको संख्या २४ बाट ३२ बनाएसँगै जापानले विश्वकपमा इन्ट्री पाएको थियो। विश्वकपमा सहभागी हुने टोलीको संख्या बढाउँदा त्यो बेला एसिया क्षेत्रको कोटा २ बाट बढाएर ४ पुर्‍याइएको थियो, जसको लाभ जापानले उठायो। जापानले विश्वकपको गत संस्करणमा बलियो मानिएका जर्मनी र स्पेनलाई पराजित गर्दै विश्वजगतलाई चकित बनाएको थियो।

सुरुवातका १६ संस्करणमा दुई पटक मात्रै विश्वकप खेलेको पोर्चुगलले सन् २००२ पछिका संस्करणमा भने बलियो टोलीका रूपमा आफूलाई स्थापित गरेको छ। विश्वकप खेल्ने टोलीहरूको संख्या बढाउँदा त्यसको फाइदा पोर्चुगलले पनि उठायो। सन् १९३० मा भएको पहिलो फिफा विश्वकपमा १३ देशले सहभागिता जनाएका थिए। २३ औं संस्करणसम्म आइपुग्दा विश्वकपमा सहभागी हुने टोलीको संख्या ४८ पुर्‍याइएको छ। यसले विश्वकपको दायरा त बढाएको छ, नयाँ देशहरूलाई विश्वकप फुटबलमा स्थापित हुने अवसर पनि प्रदान गरेको छ।

अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने फिफा विश्वकप २०२६ मा सहभागी टोलीहरूको संख्या ३२ बाट ४८ पुर्‍याउँदा ४४४ वर्ग किलोमिटर क्षेत्रफल रहेको कुराकाओ छनोट हुन सफल भयो। अफ्रिकी राष्ट्र डीआर कंगो र हाइटीले पनि ५२ वर्षपछि विश्वकपमा कमब्याक गर्न अवसर पाए। यसपटक विश्वकप खेल्ने टोलीको संख्या बढाउँदा एसिया क्षेत्रबाट छनोट हुने कोटाको पनि वृद्धि भएको छ। जोर्डनले छनोट खेल्न थालेको ४० वर्षपछि पहिलोपटक विश्वकपमा छनोट भएको हो। यस्तै, ४४४ वर्ग किलोमिटर मात्रै क्षेत्रफल रहेको देश कुराकाओ र केप भर्डेले पहिलोपटक विश्वकपमा स्पर्धा गर्दैछन्।

यी देशहरूले विश्वकप खेल्न मात्र पाएनन्, विश्व फुटबलमा स्थापित हुने अवसरसमेत प्राप्त गरेका छन्। विश्वकपमा उनीहरूले केही नयाँ प्रतिद्वन्द्वी र केही स्थापित टोलीसँग खेल्ने अवसर पाउनेछन्। यसले विश्वकपमा आफ्नो खेल देखाउँदै प्रदर्शनका आधारमा ती देशका खेलाडीहरूले शीर्ष स्तरका लिग खेल्ने अवसर पनि पाउन सक्नेछन्। धेरै देश सहभागी हुँदा विश्वकपप्रति दर्शक र समर्थकको आकर्षण बढ्नेछ। यसले पर्यटन, टिकट बिक्री, प्रसारण अधिकार तथा प्रायोजनबाट पनि थप आम्दानी बढाउनेछ।