
वीरगञ्ज उपमहानगरपालिकाका मेयर राजेशमान सिंह पर्साको ठोरीबाट पक्राउ परेका छन्। मधेश प्रदेशका डीआईजी गोविन्द थपलियाले यसबारे जानकारी दिएका छन्। १९ जेठमा, पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो। ८ जेठमा मेयर सिंहविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो।
मेयर सिंहसहित अन्य तीन जनाविरुद्ध स्थानीय लियाकत अलीले जाहेरी दिएका थिए। मेयर सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाई नागरिकता जारी गराएको आरोप लागेको छ। सोही आधारमा अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको थियो।






