
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं महानगरपालिकाको सभापतिमा कमल प्रसाद पन्त ‘शशि’ २५६ मतसहित निर्वाचित भएका छन्। प्रतिस्पर्धी गणपति लाल श्रेष्ठले १७९ मत प्राप्त गरेका छन् भने महानगर अधिवेशनमा कुल ५२७ प्रतिनिधिहरू सहभागी थिए।
रास्वपाले काठमाडौं महानगर समितिको अधिवेशन हिजो आयोजना गरेको थियो। अधिवेशनबाट पन्त सभापतिमा निर्वाचित भएका हुन्। सभापतिमा तीन जनाले उम्मेदवारी दिएका थिए। पन्त २०७९ देखि नै काठमाडौं महानगर समितिको संयोजक थिए। सम्पदा क्षेत्रमा क्रियाशील रहेका श्रेष्ठ रास्वपामा प्रवेश गरी महानगर सभापतिमा प्रतिस्पर्धा गरेका थिए। निर्वाचन समितिका अनुसार अधिवेशनमा ५२७ प्रतिनिधिहरू सहभागी थिए।






