Skip to main content

पूर्वराज परिवारका सदस्यहरूले नारायणीहिटी दरबारमा दीप प्रज्वलन गरे

१९ जेठ, काठमाडौं । नारायणीहिटी राजदरबार पुगेका हृदयन्द्र शाहसहितका पूर्वराज परिवारका सदस्यहरूले मंगलबार दीप प्रज्वलन गरेका छन् । दरबार हत्याकाण्डको २५ औं वार्षिकीको अवसरमा उनीहरूले नारायणीहिटी दरबारमा रहेको चतुर्व्युह नारायण मन्दिरमा दीप प्रज्वलन गरेका हुन् । उनीहरूले त्यहाँ राजदरबार हत्याकाण्डमा मारिएका तत्कालीन राजा वीरेन्द्र शाहसहित राजपरिवारका सदस्यहरूको तस्वीर अगाडि दीप प्रज्वलन गरी दिवंगत आत्मालाई श्रद्धाञ्जली अर्पण गरेका छन् । तस्विरहरू : तस्विर सौजन्य : पूर्णिका राज्यलक्ष्मी शाहको फेसबुकबाट