Skip to main content

कान्तिपुर सहकारीका १०० ऋणीको नामावली सार्वजनिक

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीका १०० जना ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिले २०८३ जेठ २० गतेको निर्णय अनुसार उक्त नामावली सार्वजनिक गरिएको जनाएको छ। उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको बताइएको छ।

समितिले ऋण चुक्ता गरिसकेका तर नामामा समावेश रहेका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन अनुरोध गरेको छ। त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई छिटो ऋण तिर्नका लागि समितिको कार्यालयमा सम्पर्क गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानुनअनुसार ऋण असुली प्रक्रिया अघि बढाइने चेतावनी समितिले दिएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी रकम फिर्ता गराउने र बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ।