पूर्वप्रधानमन्त्री ओलीले आयोगमा बयान नदिएको दाबी गरे, विज्ञानराज शर्माले खण्डन गरे

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले आयोगमा बयान नदिएको दाबी गरे पनि आयोगका पूर्वसदस्य विज्ञानराज शर्माले त्यसको खण्डन गरेका छन्। आयोगका कर्मचारीहरूले ओलीको भक्तपुरस्थित निवासमा पुगेर ३१ मिनेट लामो रेकर्डेड बयान लिएका थिए। ओलीको उक्त अडियो रेकर्ड र प्रतिवेदन हाल पूर्वन्यायाधीश प्रेमराज कार्की नेतृत्वको समितिमा पुगेको छ। २० जेठ, काठमाडौं।
‘मैले त्यसै बेला भनेको थिए, आयोगमा बयान दिन्न। मैले बयान दिईनँ, तर आयोगले बयान दियो भनेर छाप्यो। म त्यसको धेरै लफडामा जान चाहन्न। आयोगले मलाई प्रश्नपत्र पठाएको थियो, मैले बुझ्न पनि मानिन, बुझ्दा पनि बुझिनँ। यो आयोगलाई मान्यता दिन्न, म पत्र बुझ्दिन भनेर पठाइदिए। त्यो कुरा नगरेर उनीहरूले बयान दियो भनेर छापे। आयोगले आफ्नो इज्जतका लागि गरेको होला, त्यसमा मेरो भन्नु केही छैन। मैले बयान दिइन,’ ओलीले बुधबार एमालेको संगठन विभागले आयोजना गरेको कार्यक्रममा भने।
२१ फागुनको चुनावमा झापा–५ मा पराजित भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका ओलीले कार्की आयोगमा आफूले बयान नै नदिएको जिकिर गरे। आयोगका सदस्य एवं प्रवक्ता रहेका पूर्वएआईजी विज्ञानराज शर्माले भने, ‘बयान नै नदिएको भए उहाँले यो यो कुरा भन्नुभयो भनेर कसरी लिखित रुपमा प्रतिवेदनमा आउँछ र? उहाँको रेकर्डेड बयान छ। मैले जे बोले, मेरो कुरा यही हो भन्दै अन्तिममा यो मेरो बयान होइन भनेर दोहोरो अर्थ लाग्ने गरी उहाँले बोलेका कुराहरू सुरक्षित छन्।’
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ‘बयानको प्रतिवेदन पनि दिनुस्’ भनेपछि चार पृष्ठ लामो प्रतिवेदन तयार गरी बुझाएका थिए। आयोगले सोधेका प्रश्नहरू मात्रै होइन, उनले दिएको लिखित जवाफ समेत लेखकले ओलीलाई बुझाएका थिए। बयान सुरु हुनु अघि ओलीले ‘मलाई कुनैले सोधेन, मेरो नाम चैं पोलेको छैन’ भन्दै ‘किन मलाई बयान दिनुपर्ने?’ प्रश्न उठाएका थिए। ओलीले आयोगका कर्मचारीसँग कुरा गर्दै भने, ‘रमेश लेखकको बयान आएपछि र मेरो नाम कसैले नमागेपछि पूर्वप्रधानमन्त्रीको बयान लिन नपर्ने निर्णय गरेँ।’
बयान दिन इन्कार गरेपछि ओली अलि नरम भए र तयार पारेको ५–७ पृष्ठको लिखित कागज बुझाए। आयोगका कर्मचारीले भने, ‘म आयोगबाट आएको कर्मचारी हुँ। तपाई जवाफ दिन चाहनु भएन भने म प्रतिवेदन तयार पार्दैछु।’ ओलीले आयोगलाई भने, ‘तेह्रथुमको एउटा मात्र आगलागी भएको घर मेरो हो। यो सबै गर्नेहरूलाई सोधपुछ आयोगले गर्यो कि गरेन?’ बुधबारको कार्यक्रममा ओलीले गौरीबहादुर कार्कीले ‘फलानालाई कारबाही गर्नुपर्छ’ भनेका र आफू लगायतलाई दोष देखाउन उनको आयोग बनेको बताए।






