पाँचथरका कांग्रेस सहसचिव गजेन्द्र राईले पार्टी छोड्दै श्रम संस्कृतिमा प्रवेश गर्ने तयारी

२१ जेठ, पाँचथर । नेपाली कांग्रेस पाँचथरका सहसचिव गजेन्द्र राईले नेपाली कांग्रेस छोड्ने घोषणा गरेका छन्। उनले फेसबुकमा प्रकाशित भिडियो सन्देशमार्फत नेपाली कांग्रेसमा आफ्नो राजनीतिक यात्राको अन्त्य गर्ने बताएका छन्। कांग्रेसको साधारण सदस्यता छोडेको घोषणा गर्दै उनले श्रम शक्ति पार्टीमा प्रवेश गर्ने तयारी गरिरहेका छन्। जनाउँदा छन् कि, उनी जेठ २३ गते आफ्नै गाउँ जेभालेमा श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङबाट पार्टी प्रवेश गराइनेछन्। उक्त कार्यक्रमलाई व्यापक रूपमा आयोजना गर्ने तयारी पार्टीले गरिरहेको जनाएको छ।
सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका राईले पार्टी छोडेपछि कांग्रेसमा प्रभाव पर्ने देखिएको छ भने श्रम शक्ति पार्टीका नेता तथा कार्यकर्ताहरू उत्साहित छन्। राईले नयाँ पार्टीबाट सामाजिक सेवा र राजनीतिक यात्रा निरन्तरता दिने बताउनुभएको छ। उनी १४औं महाधिवेशनबाट सहसचिव पदमा निर्वाचित भएका थिए र कांग्रेसको विशेष महाधिवेशन पक्षमा खुलेर लागेका थिए।






