
पश्चिम भारतको अहमदाबादमा एउटा अनौठो रेस्टुराँ रहेको छ जहाँ मानिसहरूले पुराना समाधिस्थलको छेउछाउ बसेर विभिन्न परिकारहरूको स्वाद लिन सक्छन्। सन् १९५० मा स्थापना भएको ‘लकी रेस्टुराँ’ पुरानो समाधिस्थलको भित्रै अवस्थित छ। स्थानीय बासिन्दाहरूबीच अत्यन्त लोकप्रिय यो रेस्टुराँमा पुराना समाधिस्थलहरूलाई छोएको नहोला भनेर खाली ठाउँमा बस्ने व्यवस्था मिलाइएको छ।






