सोनम वाङचुक र दिपके कक्रोच जनता पार्टीको दिल्ली प्रदर्शनमा सहभागी हुँदै

शिक्षाविद् सोनम वाङचुकले शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिए, जुन ६ मा कक्रोच जनता पार्टीको दिल्ली प्रदर्शनमा सहभागी हुने घोषणा गरेका छन्। कक्रोच जनता पार्टीले परीक्षा अनियमितताको विरोधमा जुन ६ मा दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गर्दै तीन जना प्रवक्ता नियुक्त गरेको छ। परीक्षामा भएको अनियमितता छानबिन गर्न भारत सरकारले केन्द्रीय माध्यमिक शिक्षा बोर्डका अध्यक्ष र सचिवलाई पदबाट हटाएर एक सदस्यीय समिति गठन गरेको छ।
गत मे १५ मा भारतको सर्वोच्च अदालतमा सुनुवाइका क्रममा प्रधानन्यायाधीश सूर्यकांतले गरेको मौखिक टिप्पणीबाट ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को जन्म भएको थियो। भारतका नवयुवाहरूलाई कक्रोचसँग तुलना गरेपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया स्वरूप यो पार्टी स्थापना भएको हो। छोटो समयमा नै भारतीय जनता पार्टीभन्दा धेरै फलोअर्स लिएर यो पार्टी चर्चित बनेको छ। सीजेपीको संस्थापक अभिजित दिपकेले युवाहरूको आक्रोशलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्दै भनेका छन्, ‘मैले यसरी ठूलो प्रतिक्रिया आशा गरेको थिइन। यो पूर्ण रूपमा अप्रत्याशित र स्वाभाविक समर्थन हो।’
जुन १ मा दिपकेले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै नयाँ दिल्लीको जन्तर मंतर स्थलमा शान्तिपूर्ण प्रदर्शन गर्न जुन ६ मा भारत फर्कने घोषणा गरेका थिए। यसअघि पनि यो पार्टीले संसदसम्म पुगेर आफ्नो उपस्थिति देखाइसकेको छ। तृणमूल कांग्रेस (टीएमसी) की सांसद महुवा मोइत्रा यस पार्टीमा सामेल हुने पहिलो प्रमुख नेता भएकी छिन्। दिपकेले भनेका छन्, ‘नीट परीक्षा प्रश्नपत्र लिकका कारण आत्महत्या गरेका विद्यार्थीहरूको पक्षमा हामी लामो समयदेखि आवाज उठाइरहेका छौं।’
सोनम वाङचुक सीजेपीको नयाँ नेतृत्व अनुहारका रूपमा देखा परेका छन्। उनले लद्दाखको पहाडी भेगबाट सुरु भएको ‘दिल्ली चलो’ आन्दोलन र जेल यात्रा पार गरिसकेका छन्। वाङचुकले भनेकी छन्, ‘यो अभियानलाई लोकतान्त्रिक अभिव्यक्तिको रूपमा हेर्नुपर्छ, खतरा होइन।’ उनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानले जुन ५ सम्म राजीनामा नदिए आफू कक्रोच जनता पार्टीको जुन ६ को दिल्ली प्रदर्शनमा सहभागी हुने घोषणा गरेको छ। दिपकेले भनेका छन्, ‘नीट प्रश्नपत्र लिक र सीबीएसई मूल्याङ्कन विवादका कारण प्रधानलाई राजीनामा दिनुपर्ने अवस्था छ।’






