
गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका सात जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा र सात जनाको पदस्थापन गरेको छ। बिहीबार सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले यसबारे जानकारी गराएको हो। सरुवा गरिएका डीआईजीहरूलाई विभिन्न बाहिनी, विभाग, ब्युरो तथा कलेजहरूमा जिम्मेवारी तोकिएको छ।
सरुवा भएका डीआईजीहरूमा विष्णुप्रसाद भट्ट, दीपक अधिकारी, कृष्णराज पाठक, दीपेन्द्र शाह, कृष्ण ढकाल, दीपेन्द्र कुँवर र सुरेशकुमार श्रेष्ठ रहेका छन्। भट्टलाई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, अधिकारीलाई नम्बर ५ विन्ध्यवासिनी मुख्यालय महोत्तरी, पाठकलाई नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ। यसैगरी, शाहलाई इन्टेलिजेन्स ब्युरो, ढकाललाई कार्य विभाग, कुँवरलाई मानवस्रोत विभाग र श्रेष्ठलाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ।
पदस्थापन गरिएका अन्य अधिकारीहरूमा दिगविजय सुवेदीलाई नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली, किरण बस्नेतलाई नम्बर ३ गढिमाई बाहिनी मकवानपुर, माधवप्रसाद पौडेललाई नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं, प्रविण कँडेललाई नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, राजेश उप्रेतीलाई एपीएफ कमान्ड तथा स्टाफ कलेज, नेत्रबहादुर कार्कीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय र राजेन्द्र खड्कालाई मानवस्रोत विभागमा पदस्थापन गरिएको छ।

