Skip to main content

ट्याक्टरको ठक्करले विद्यालयबाट फर्कदै गरेको ५ वर्षीया बालिकाको मृत्यु

२१ जेठ, सर्लाही। सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरमा ट्याक्टरको ठक्करले ५ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय अर्जुन साहकी छोरी अंकिताकुमारी साह रहेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी वेदप्रसाद गौतमका अनुसार बिहीबार दिउँसो १२ बजे गडहियाबाट मिर्जापुरतर्फ जाँदै गरेको ना.४ त. ८८३४ नम्बरको ट्याक्टरले अंकितालाई ठक्कर दिएको थियो। उनी त्यो समयमा विद्यालयबाट घर फर्किंदै थिइन्। दुर्घटनापछि उनी घटनास्थलमै मृत्यु भएकी छन्। ट्याक्टर चालक, बलरा नगरपालिका–६ का १८ वर्षीय कृष्णकुमार साह भने दुर्घटनापछि फरार रहेका छन्। प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ।