Skip to main content

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले सोधपुछ गरी रिहा गर्यो

प्रहरीले सचिव कृष्णहरि पुष्करलाई नियन्त्रणमा लिएर केही समय सोधपुछ गरी रिहा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आदेशअनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोधपुछ गरेको हो। मुद्दा चलाउने कुनै आधार नपाएपछि उनलाई पुनः रिहा गरिएको प्रहरीले जनाएको छ। २१ जेठ, काठमाडौं।

प्रहरीले सचिव कृष्णहरि पुष्करसँग व्यापक रुपमा सोधपुछ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकूबाट खटिएको टोलीले बिहीबार उनलाई केही समय नियन्त्रणमा लिएर केरकार गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आदेशअनुसार उनलाई नियन्त्रणमा लिईएको हो। तर, उनीमाथि कुन विषयमा सोधपुछ गरिएको हो भन्ने कुरा अहिले प्रहरीले सार्वजनिक गरेको छैन। कुनै मुद्दा चलाउन पर्याप्त आधार नदेखिएपछि उनलाई सोधपुछ गरी रिहा गरिएको स्रोतले जनाएको छ। ‘माथि प्रत्यक्ष आदेश थियो। केही विषयमा उनलाई सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिईएको थियो, केरकार गरेर छोडिएको छ,’ स्रोतले भने।