Skip to main content

रवि लामिछानेको दिल्लीमा ट्रम्पका विशेष दूत सर्जियो गोरसँग भेट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अमेरिकी विशेष दूत सर्जियो गोरबीच दिल्लीमा भेटवार्ता भएको छ। लामिछाने पाँच दिने भ्रमणका क्रममा दिल्लीमा रहेका छन् र यस क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्च नेताहरूसँग भेटघाट गरेका छन्।

२१ जेठ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच बिहीबार साँझ दिल्लीमा भेटवार्ता भएको हो। लामिछाने गत १८ गते नयाँ दिल्ली गएका थिए र भारतीय जनता पार्टीको निमन्त्रणामा थुप्रै राजनीतिक भेटघाट गरिसकेका छन्।

उनी प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, बीजेपीका नेताहरू लगायतसँग भेटघाट गरिसकेका छन्। आज दिनभर पार्टी प्रवास कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका लामिछानेले साँझ गोरसँग भेटवार्ता गरेका हुन्। सर्जियो गोर भारतका लागि अमेरिकी राजदूत पनि हुन् र उनले यसअघि गत वैशाखमा नेपाल आएर सभापति लामिछाने लगायतका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग भेटवार्ता गरिसकेका छन्।