
२२ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेतालाई भेट्न पाउँदा गर्व लाग्ने बताएका छन् । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ट्रम्पले भने, ‘म मुज्तबा खामेनीलाई भेट्न चाहन्नँ तर यदि भेटेँ भने मलाई गर्व महसुस हुनेछ।’ उनले थपे कि यदि अमेरिका-इरानबीच कुनै सम्झौता भयो भने सम्भवतः म सर्वोच्च नेतालाई भेट्न सक्छु। र यदि हाम्रो भेट भयो भने म उनीसँग सम्मानपूर्वक प्रस्तुत हुनेछु।
ट्रम्पले आफ्नो सरकारले इरानबाट संवर्धित युरेनियम प्राप्त गर्न सैनिक पठाउने विषयमा विचार गरेको तर अन्ततः यो योजना खारेज गरिएको बताएका छन्। उनका अनुसार, उक्त अपरेसन धेरै जोखिमपूर्ण थियो र यसमा अमेरिकी सैनिकहरूको ज्यान जाने जोखिम रहेकोले यसलाई अघि बढाइएको थिएन। ट्रम्पले भने, इरानबाट संवर्धित युरेनियम प्राप्त गर्नु भनेको भेनेजुएलाका नेता निकोलस मादुरोलाई पक्रनु जस्तो छिटो र सरल प्रक्रिया नभएको। उनका अनुसार, यो काम केही मिनेटमै हुने होइन, हप्तौँ लाग्ने र भारी उपकरणहरूको आवश्यक पर्ने अपरेसन हुनेछ। (एजेन्सीहरूको सहयोगमा)





