
हुम्लाको सिमकोट गाउँपालिका–७ मा गएराति स्थानीय महेन्द्रबहादुर शाहीको तीनतले घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ। आगलागीबाट तीन तोला सुन, १०० तोला चाँदी र दुई लाख नगदसहित २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। हुम्लाका प्रहरी उपरीक्षक शंकर खड्काले आगलागीबाट सात कोठे भवन र त्यहाँ रहेका सामान पूर्ण रूपमा नष्ट भएको जानकारी दिए। २२ जेठ, हुम्ला। हुम्लाको सिमकोट गाउँपालिका–७ मा आगलागीबाट एक घर जलेर नष्ट भएको छ। गएराति स्थानीय महेन्द्रबहादुर शाहीको तीनतले घर आगलागीबाट जलेर नष्ट भएको प्रहरीले जनाएको छ। हुम्लाका प्रहरी उपरीक्षक शंकर खड्काका अनुसार आगलागीबाट शाहीको सात कोठे भवन जलेर नष्ट भएको छ। आगलागीबाट सुन तीन तोला, चाँदी १०० तोला, नगद दुई लाख गरी जम्मा २० लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए।






