Skip to main content

केजरीवालको भनाइ– कक्रोच आन्दोलन भारतीय युवाहरूको आक्रोश र निराशाको प्रतीक हो

२३ जेठ, काठमाडौं । भारतको आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले कक्रोच जनता पार्टी (सीजेपी)को प्रदर्शन भारतीय युवाहरुमा रहेको गहिरो आक्रोशको अभिव्यक्ति भएको बताएका छन्। शनिबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै केजरीवालले आम आदमी पार्टीले सीजेपीका मागहरुमा पूर्ण समर्थन जनाएको बताए। ‘यो कक्रोच आन्दोलन देशभरिकै युवाहरूमा रहेका गहिरा आक्रोश र निराशाको स्पष्ट अभिव्यक्ति हो,’ केजरीवालले भनेका छन्, ‘उनीहरूलाई राष्ट्रविरोधीको रूपमा हेर्ने सट्टा मोदी सरकारले उनीहरूको समस्या समाधान गर्न पहल गर्नुपर्छ।’

केजरीवालले थपे कि आफ्नो पार्टीले सीजेपीका मागहरुलाई समर्थन गर्नेछ र उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई तत्काल शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई हटाउन सुझाव दिएका छन्। आजै नयाँ दिल्लीमा जन्तरमन्तरमा सीजेपीले विशाल प्रदर्शन गर्दैछ। आज बिहानै सीजेपीका संस्थापक अभिजित दीपके अमेरिका बाट भारत फर्केका थिए।