
नेपाल आर्मीले गिरिजाप्रसाद कोइराला राष्ट्रिय महिला हक्की फाइभ प्रतियोगिताको उपाधि शनिबार जित्यो। प्रतियोगितामा गण्डकी दोस्रो र मधेस प्रदेश तेस्रो स्थानमा रहे। २३ जेठ, काठमाडौं।
गिरिजाप्रसाद कोइराला स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे। आर्मीकी सविना केसी उत्कृष्ट खेलाडी घोषित भइन् भने मधेस प्रदेशकी लक्ष्मीनिया दास उदीयमान खेलाडी चुनिइन्।






