Skip to main content

खुला जुडो प्रतियोगितामा प्रवीण, राजु र मोनिकाले जिते स्वर्ण पदक

दोस्रो खुला जुडो प्रतियोगितामा नेपाल आर्मीका प्रवीण दियाली, राजु शर्मा र मोनिका चौधरीले स्वर्ण पदक हासिल गरेका छन्। शनिबार सम्पन्न उक्त प्रतियोगितामा नेपालका विभागीय टोलीसहित ११ टिमका ५२ खेलाडीले भाग लिएका थिए। विजेता खेलाडीहरूलाई नेपालका लागि जापानका राजदूत तोरु मेदा र आयोजकका निर्देशक सरोज महर्जनले पुरस्कार वितरण गरे।

प्रवीण दियालीले पुरुष ७३ केजीमुनि फाइनलमा आयोजक एकेडेमीका सुबोध मण्डललाई पराजित गरे। आर्मीका ताराबहादुर भुजेल र अनिल बलामी तेस्रो स्थानमा रहे। पुरुष १०० केजीमुनि फाइनलमा राजुले ट्राइ फोर्स जुडो क्लब, भुटानका तन्जिन दोर्जीलाई हराए। एपीएफका निर्दोष चलाउने र आर्मीका धिरेन्द्रकुमार थारु तेस्रो भए।

महिला ५७ केजीमुनि मोनिकाले आर्मीकी पार्वती आचार्यलाई फाइनलमा हराइन्। पाम जुडो क्लबसँग सम्बन्धित पेमा याङजी शेर्पा र एपीएफकी सुनिता थिङले कांस्य पदक प्राप्त गरे। तीनै स्पर्धाका प्रथम स्थानधारीले ५ हजार, द्वितीय स्थानले ३ हजार र तेस्रोले २ हजार नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर उठाए।

एकदिने उक्त प्रतियोगितामा तीन विभागीय टोली (आर्मी, एपीएफ र नेपाल प्रहरी) र भुटानका दुई क्लबसहित ११ टिमका ५२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। आयोजक एकेडेमीका निर्देशक सरोज महर्जनले जानकारी गराए।