
२३ जेठ, सप्तरी। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले निर्माणाधीन कञ्चनपुर–कमला सडकको स्थलगत निरीक्षण शनिबार गरेका छन्। मन्त्री लम्सालले सो सडक निरीक्षण गर्दै बताएका छन् कि सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म ८६.८३ किलोमिटर चार लेन सडक विस्तार गर्ने काम अन्तर्गत छ। लामो समयसम्म काम पूरा नहुँदा स्थानीयवासीले धेरै समस्या भोग्नुपरेको छ।
रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुपले तीन वर्ष भित्र काम सक्नुपर्ने सर्तमा ठेक्का पाएको थियो। तर, पाँच वर्ष बितिसक्दा पनि सडक निर्माण अधुरा छन्। सडक निर्माणमा ढिलाइ हुँदा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या देखिन्छ। मन्त्री लम्सालले सप्तरीको कञ्चनपुर नगरपालिका–८ स्थित कञ्चनपुर बेरियर क्षेत्रमा पुगेर सडक निर्माणको प्रगति, गुणस्तर तथा कार्यसम्पादनबारे जानकारी लिएका थिए। निरीक्षण क्रममा निर्माण कम्पनीका प्रतिनिधिलाई तोकेको समयमा गुणवत्तापूर्ण रूपमा आयोजना सम्पन्न गर्न निर्देशन दिएका छन्।






