
सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा ओमानले नेपाललाई ९५ रनको साधारण लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमा अलआउट भयो। ओमानका लागि कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाएका छन् भने जुबेर अली अकबरले २२ रन जोड्न सफल भए। नेपालका लागि करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए। शाहब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १-१ विकेट लिए।
सेमिफाइनल जितेमा नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनलमा पुगेका नेपालसहित चार टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन्।






