
राष्ट्रिय स्वतन्त्र पार्टी झापाको पहिलो अधिवेशनबाट ओमनाथ भण्डारी ३४१ मत प्राप्त गरी जिल्ला सभापतिमा विजयी भएका छन्। शनिबार सम्पन्न अधिवेशनमा उपसभापतिमा पुष्पलाल ढकाल, सचिवमा विरोध सुवेदी र सहसचिवमा भिमबहादुर कुँवर निर्वाचित भएका छन्।
अधिवेशनमा भण्डारीले ३४१ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी लक्ष्मण बस्नेतले २४७ मत र अर्जुनकुमार मैनालीले २५ मत प्राप्त गरे। उपसभापतिमा विजयी भएका पुष्पलाल ढकालले २१० मत प्राप्त गरे, जबकि शान्ता तामाङले १९८, लिला खड्काले १११ र देव संग्रौलाले ९३ मत प्राप्त गरे।






