
फिफा विश्वकपको इतिहासमा २३औं संस्करण सबैभन्दा धेरै परिवर्तन लिएर आउँदैछ। यसपटकको विश्वकपमा थुप्रै अनौठा कुराहरू हुनेछन्, जुन पहिले कहिल्यै देखिएका थिएनन्। इतिहासमै पहिलो पटक अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा फिफा विश्वकप २०२६ आयोजना गर्नेछन्। यसमा ४८ राष्ट्रले सहभागिता जनाउनेछन् र कुल खेलको संख्या १०४ हुनेछ। यसपटकको विश्वकप फाइनलमा पहिलोपटक ‘हाफ टाइम शो’ आयोजना गरिनेछ भने खेल अघि सबै २६ खेलाडी राष्ट्रिय गानमा सहभागी हुनेछन्। २४ जेठ, काठमाडौं।
उत्तर अमेरिकाका तीन राष्ट्रहरूमा हुने फिफा विश्वकप २०२६ अब धेरै नजिक आइपुगेको छ। यो विश्वकपका लागि विश्वभरिका फुटबल प्रेमीहरू उत्साहित छन्। विश्वकपको मुख्य जिज्ञासा भनेको तीन राष्ट्रमा ४८ टोलीले खेलेर विश्वकप कस्तो रहनेछ? आयोजक टोलीहरूको प्रदर्शन कस्तो रहनेछ? जस्ता प्रश्नहरू स्वाभाविक छन्। यसपटक विश्वकपले विश्व फुटबलमा नयाँ इतिहास सिर्जना गर्नेछ।
फिफा विश्वकपको इतिहासमा एकै पटक सबैभन्दा धेरै परिवर्तनसहित सुसज्जित २३औं संस्करण बन्नेछ। यसपटक यस्ता धेरै नयाँ कुराहरू हुनेछन्, जुन पहिले कहिल्यै भएका थिएनन्। फिफा विश्वकप २०२६ मा पहिलोपटक देखिने मुख्य १० विशेषताहरू यस प्रकार छन्: तीन आयोजनाकर्ता राष्ट्रको कीर्तिमान; क्यानडाको पहिलो पटक आयोजना; ४८ टोली र १०४ खेलको विस्तृत तालिका; मेक्सिकोको एज्टेका स्टेडियमले नयाँ कीर्तिमान राख्ने; तीन राष्ट्रमा उद्घाटन समारोह; समूह चरण र राउन्ड अफ ३२ को सुरुवात; फाइनलमा पहिलोपटक ‘हाफ टाइम शो’; चार नयाँ टोलीको डेब्यु; र खेल सुरु हुनु अघि नयाँ फर्म्याट।






